Kailashnath Mahadev (WORLD'S TALLEST LORD SHIVA STATUE)

WORLD'S TALLEST LORD SHIVA STATUE IS LOCATED IN NEPAL (KAILASHNATH MAHADEV. 143 FEET HIGH THIS STATUE IS ONE OF ITS KIND.

Kailashnath Mahadev Night Scene (WORLD'S TALLEST LORD SHIVA STATUE)

143 FEET HIGH STATUE WAS Inaugurated ON 21st June'2010

KAILASHNATH MAHADEV

This statue was inaugurated by one of the only four shankracharya from badri and the tourist minister on the 21st June 2010.

KAILASHNATH MAHADEV

This Statue is Made By Mr.Kamal Jain and It took him almost 5 years just to find this perfect location where he wanted his dream to come true.The construction started in 2004 and was completed in 2010.

KAILASHNATH MAHADEV

The Tallest lord shiva statue in the world (143 feet high) Situated in Nepal.

Showing posts with label Article on Lord shiva statue's crowd on special ocassions. Show all posts
Showing posts with label Article on Lord shiva statue's crowd on special ocassions. Show all posts

Thursday, March 22, 2012

News Article(Economic Times)



News Article (Interview with Mr.Kamal Jain)

शिवमूर्ति प्रवद्र्धन गरेर भारतीय पर्यटक तान्न सकिन्छ

प्रस्तुति: Karobar Daily
 Nameकमल जैन
अध्यक्ष, हिलटेक
विश्वकै अग्लो (१४३ फिट) शिवको मूर्ति निर्माण गरेर विश्वभरिका हिन्दू धर्मावलम्बीहरूमाझ चर्चा कमाएका कमल जैन हिलटेक समूहका अध्यक्ष हुन् । प्लास्टिकको पानी ट्यांकी निर्माणमा अग्रणी हिलटेकले नेपाली बजारमा ग्यास गिजर र एयर कन्डिसनर बिक्री गर्छ भने सीपीभीसी र पीपीआर पाइपहरू पनि उत्पादन गर्छ । जैनले प्राकृतिक चिकित्सा पद्धतिबाट उपचारका लागि साँगास्थित कैलाशनाथ शिवमूर्तिसँगै हिलटेक हेल्थ एन्ड होम स्थापना गरेका छन् । आफ्नो धार्मिक आस्थाकै कारण शिवमूर्ति स्थापना गरेको बताउने जैन सरकारले आफ्नो योगदानलाई उपेक्षा गरेको भन्दै रुष्ट छन् । नेपालमा भारतीय पर्यटक आगमनको ठूलो सम्भावनालाई शिवमूर्तिमार्फत आकर्षित गर्न सकिने भए पनि सरकारले यसतर्फ चासो नै नदेखाएको उनी बताउँछन् । महाशिवरात्रिका बेला कैलाशनाथ महादेव मन्दिर क्षेत्रमा हुने श्रद्धालु भक्तजनको भीड र त्यसको व्यवस्थापन तथा मन्दिरसँग जोडिएका विविध पक्षबारे जैनसँग कर्पोरेट ब्युरो प्रमुख विपेन्द्र कार्कीले गरेको कुराकानी ः

विश्वकै अग्लो शिवमूर्ति रहेको साँगा क्षेत्रमा यस वर्षको शिवरात्रि पर्वको तयारी कसरी भइरहेको छ ?
यस वर्षको शिवरात्रिमा हामीले गत वर्षको तुलनामा भक्तजनहरू बढ्ने अपेक्षा गरेका छौं । गत वर्ष नै महाशिवरात्रिको दिन १ लाखभन्दा बढी भक्तजनले साँगामा पुगेर शिवको दर्शन गर्नुभएको हामीसँग तथ्यांक छ । यो वर्ष झन्डै साढे १ लाख भक्तजनले विश्वकै अग्लो शिवमूर्तिको दर्शन गर्नुहुने आँकलनका आधारमा हामीले आन्तरिक तयारी गरिरहेका छौं । देश–विदेशमा यसको व्यापक प्रचार–प्रसार भइरहेकाले स्वदेशीसँगै विदेशी भक्तजनहरूको पनि उल्लेख्य सहभागिता रहने हाम्रो अपेक्षा छ । छिमेकी राष्ट्र भारतमा हालै स्टार न्युजसहित अन्य सञ्चारमाध्यमले पनि यसको प्रचार–प्रसार गरेकाले यो वर्ष हामी निकै आशावादी छौं । शिवरात्रिका बेला पशुपति क्षेत्रमा जसरी भीड लाग्ने गरेको छ, साँगास्थित विश्वकै अग्लो शिवमूर्ति दर्शनका लागि पनि त्यस्तै भीड देखिने अपेक्षा गरेका छौं ।

श्रद्धालु भक्तजनको यति ठूलो संख्यालाई व्यवस्थापन गर्नु कत्तिको चुनौतीपूर्ण छ ? अहिलेको पूर्वाधारले भक्तजनको चाप धान्न सक्छ ?
हामीले स्थानीय जनताको साथ सहयोग पाइरहेकोले व्यवस्थापनमा धेरै सजिलो भइरहेको छ । साँगा, चितापोल गाविस, ट्राफिक र स्थानीय प्रहरी प्रशासनको सहायताले भक्तजनको भीड व्यवस्थापनमा काम गरिरहेका छौं । उहाँहरूबाट अहिलेसम्म अत्यन्तै सहयोग पाइरहेकाले पनि शिवरात्रि व्यवस्थित हुने अपेक्षा गरेका हौं । अर्कोतर्फ हामीसँग भीड व्यवस्थापनको अनुभव पनि छ । नयाँ वर्षको दिनमा डेढ लाख सर्वसाधारण साँगा पुग्नुभएको थियो । उहाँहरूबाट हामीले त्यो बेला पनि कुनै गुनासो सुन्नु नपरेकाले यस वर्षको शिवरात्रिका बेला पनि हामीले यसलाई व्यवस्थित गर्न सक्छौं भन्ने अपेक्षा छ । सरसफाइ, पानी र बिजुलीका लागि हामीले समितिहरू बनाएर काम थालिसकेका छौं ।

सरकार र स्थानीय समुदायले सञ्चालन गरेका मठमन्दिरको व्यवस्थापन प्रभावकारी हुन सकेको छैन । व्यक्तिगत रूपमा निर्मित र सञ्चालनमा आएको मन्दिरको व्यवस्थापन कत्तिको चुनौतीपूर्ण हुँदो रहेछ ?
व्यक्तिगत भए व्यवस्थापन गर्न पनि सजिलो हुन्छ । एकै व्यक्तिले संस्थाको अधिकतम हित हेरेर, सबैको कुरा सुनेर भए पनि आफैं निर्णय गर्न सक्छ । ट्रस्टबाट सञ्चालन हुने मन्दिरमा सबैको रुचि र दृष्टिकोण मिलाउन समय लाग्छ । आफ्नो लगानी नभएकाले गर्ने निर्णय संस्थाको हितमा नहुन पनि सक्छ । यसर्थमा व्यक्तिगत रूपमा सञ्चालन हुँदा बेफाइदाभन्दा फाइदा नै बढी छ । यसको परिणाम  शिवमूर्तिस्थलसम्म पुग्ने जो कोहीले पनि गर्न सक्नुहुन्छ । मन्दिर प्रवेशमा एक रुपैयाँ पनि शुल्क लिइएको छैन तर सरसफाइका दृष्टिले हेर्ने हो भने नेपालका कुनै पनि मन्दिरभन्दा कम छैन । शिवमूर्ति परिसरभित्र हामीले भक्तजनको सुविधाका लागि कुनै कसर बाँकी राखेका छैनौं । गत वर्षको शिवरात्रि, नयाँ वर्ष र साउन महिनाभरि नै भक्तजनको घुइँचो लागेको थियो । अहिलेसम्म हामीले अप्रिय स्थितिको सामना गर्नुपरेको छैन ।

विश्वकै सबैभन्दा अग्लो शिवको मूर्ति साँगामा निर्माण गर्नुभएको झन्डै २ वर्ष भएको छ । अहिलेसम्म स्वदेश र विदेशबाट कस्ता प्रतिक्रिया पाइरहनुभएको छ ?
यतिधेरै ‘रेस्पोन्स’ पाउँछु भनेर मैले सोचेकै थिइनँ । मूर्ति निर्माण गर्दासमेत मलाई डर थियो कि भोलि कोही आइदिएनन् भने के गर्ने ? मूर्ति निर्माण सुरु गर्दा साँगाको बाटो भएर त्यति गाडी पनि चल्दैनथे । तर, अहिले प्रत्येक शनिबार १० हजार जनाको हाराहारीमा मानिसहरू पुग्छन्, अरु दिन पनि २ हजारजति त पुगेकै हुन्छन् । धार्मिक र पर्यटकीय दुवैखालेले साँगालाई गन्तव्य बनाएको देख्दा मैले आफूले सोचेभन्दा धेरै सफलता पाएजस्तो लाग्छ । विशुद्ध धार्मिक भावनाले स्थापना गरिएको शिवमूर्तिको विरोध आजसम्म कसैले गरेको पनि छैन । हुन त एउटै हातका पनि पाँच औंला बराबर हुँदैनन् । त्यसैले कसैले केही भने पनि म विचलित हुन्न किनकि भगवान त भगवान नै हुनुहुन्छ । मैले भगवानको पूजामात्र गरेको हो ।

मूर्ति निर्माणको दुई वर्षपछि फर्केर हेर्दा स्थापनाको उद्देश्य कत्तिको पूरा भएको जस्तो लाग्छ ?
उद्देश्य पूरा भएको छ । पहिले ममाथि धेरैले शंका गर्थे कि व्यापारी भएर मूर्ति बनायो, कतै व्यापार त गर्ने होइन भन्ने आशंका थियो । अहिले त्यो भ्रम मेटिइसकेको छ । मन्दिर बनाएर मैले पैसा कमाउन चाहेको रहेछु कि अरु नै भन्ने मान्छेहरूले अब बुझिसकेका छन् । हिन्दू धर्मावलम्बीहरू अत्यधिक संख्यामा रहेको मुलुकमा शिवको अग्लो मूर्ति स्थापना गर्नु आवश्यक थियो । त्यो अरु कसैले गरेनन्, मैले गरें । शिवभक्त हुनुको नाताले मैले यसलाई जीवनको अनिवार्य कर्म ठानेको छु र आज पूरा हुँदा मनमा परम सन्तोष पनि मिलिरहेको छ ।

मन्दिर प्रवेशमा शुल्क लिइएको आरोप यहाँमाथि बेलाबखत लाग्दै आएको छ । मन्दिरसँगै हिलटेक हेल्थ होम राखेर पनि व्यापार गरिरहेको भनिन्छ नि !
व्यापार गर्नु आफैंमा अपराध होइन । व्यापार गर्ने मेरो अधिकार हो र मैले अहिलेमात्रै व्यापार गरेको पनि होइन । मन्दिर र हिलटेक हेल्थ होम सँगै हुनु संयोगमात्रै हो, मन्दिरसँग जोडेर मैले व्यापार गरेको छैन र गर्न पनि चाहन्नँ । व्यापार गर्न मन्दिर नै बनाउनु पर्दैन र अहिलेसम्म मैले व्यापारमा प्राप्त गरेको सफलता यो मूर्ति बनाउनुभन्दा अघिकै हो ।
मन्दिरमा प्रवेश शुल्क लिइएको छैन । लिइएको भए बरु व्यवस्थापनका लागि सजिलो हुन्थ्यो । शिवरात्रि पर्वमा मात्रै लाखौं रकम खर्च हुन्छ तर हामीसँग नियमित आम्दानीको स्रोत छैन । पशुपतिमा जस्तो सरकार, दाता तथा भक्तजनबाट प्राप्त हुने कोष शिवमूर्तिमा नहुँदा व्यवस्थापन खर्च जुटाउने पिरलो हामीलाई सधैं भइरहेको हुन्छ । यद्यपि, हामीले भक्तजनसँग प्रवेश शुल्क लिएकै छैनौं । पानी, जुत्ताचप्पल, शौचालय आदि सबैको निःशुल्क व्यवस्थाका लागि हामीलाई पनि स्रोत चाहिन्छ तर आजसम्म कहीँबाट लिएका छैनौं । अहिलेको व्यवस्थापन हेर्ने हो भने त्यहाँ पुग्ने जोकोहीले २० रुपैयाँसम्म प्रवेश शुल्क तिर्नुपरे पनि आफ्नो पैसा खेर गएको महसुस गर्नुपर्ने अवस्था छैन तर म त्यो पक्षमा छैन । मेरो आफ्नै व्यवसाय राम्रै चलिरहेकाले व्यवसायबाट प्राप्त आम्दानीको निश्चित प्रतिशत म अझै पनि यसमा लगाउन सक्ने अवस्थामा छु ।

शिवमूर्ति स्थापना गर्ने सोचाइ तपाईंको मनमा आउँदा धार्मिक भावना प्रवल थियो कि आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने चाहना ?
मेरो मुख्य उद्देश्य धार्मिक नै थियो । म चाहन्थें कि मैले धार्मिक भावनाले स्थापना गरेको शिवमूर्तिले पर्यटन, व्यापारलगायतका क्षेत्रको पनि विस्तार होस् । पर्यटकीय भावना हुँदो हो त म सुन्दर पार्क बनाउँथें होला । धार्मिक भावनासँग पर्यटन जोडियो, यो अत्यन्तै सकारात्मक हो । पर्यटन प्रवद्र्धन त सरकारको दायित्व हो । म त यस्तो ठाउँमा मन्दिर स्थापना गर्न चाहन्थें कि सबैभन्दा अग्लो शिवमूर्ति बनाउन सकौं र त्यहाँ सबैले दर्शन गर्न सक्ने अवस्था पनि रहोस् । मैले बनाएको मन्दिरमा कोही दर्शन गर्नै आइदिएनन् भने मन्दिर बनाउनुको लक्ष्य पूरा हुन सक्दैनथ्यो ।

तपाईंले साँगा क्षेत्रमा अग्लो शिवमूर्ति स्थापना गरेपछि कस्तो परिवर्तन महसुस गर्नुभएको छ ?
मान्छेहरूको सोचाइ एकदमै परिवर्तन भइसक्यो । मैले त्यहाँ मूर्ति बनाउन सुरु गर्दा ‘एउटा इन्डियनले मूर्ति बनाएर व्यापार गर्दैछ रे’ भन्नेखालका हल्ला सुनिन्थे । अब उनीहरूमा पनि त्यो सबै भ्रम हटिसक्यो । म पनि भक्तपुर र काभ्रेको स्थानीयजस्तै भइसकें । मलाई उनीहरूले आफ्नै छिमेकीजस्तै ठान्छन् । मैले शिवमूर्ति निर्माण गर्दा करिब ६ वर्षअघि त्यहाँ चिया खाने पसल पनि थिएन । आज त्यो ठाउँ मुग्लिङजस्तै भइसक्यो । स्थानीयले रोजगारी पाएका छन्, निर्माण कार्य तीव्र गतिमा भइरहेको छ, जग्गाको भाउ बढेको छ । सरकारले बाटो, बिजुली र पानीको व्यवस्था गर्ने हो भने त्यहाँ पर्यटकीय गन्तव्य बन्नसक्ने ठूलो सम्भावना छ । मलाई धेरै जनाले आएर यस्ता समस्याहरू सुनाइरहन्छन् । बाटो र बिजुलीको व्यवस्था भए आउने पर्यटकको चाप थेग्न हामीले पनि व्यवस्थापन कसरी गर्ने भनेर सोच्नुपर्छ ।

विश्वकै अग्लो शिवमूर्ति भनेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा धेरै प्रचार भइसक्यो, भारतीय पर्यटकको आगमन दर अहिले कत्तिको बढेको छ ?
स्वस्फूर्त भएको प्रचार–प्रसारकै कारण शिवमूर्ति हेर्न भारतीयहरू पुग्ने गरेका छन् । सरकारका तर्फबाट भने यसका लागि केही पहल भएकै छैन । नेपाली पत्रपत्रिका, टेलिभिजन र भारतीय मिडियासमेतको सहयोगले यसको प्रवद्र्धन भइरहेको छ । शिवमूर्तिलाई प्राइभेट भन्ने लेबल लाग्दा सरकारले सहयोग गरिरहेको छैन । शिवमूर्ति मैले व्यक्तिगत खर्चमा बनाए पनि यो राष्ट्रको सम्पत्ति हो । यसको प्रचार–प्रसार देश विदेशमा हुँदा सरकारलाई नै फाइदा हुन्छ तर सरकारले यो कुरा बुझेन । भगवान कसैको व्यक्तिगत हुँदैन । भगवानलाई पूजा गर्ने सबैको आफ्नै शैली हुन्छ, मैले पनि शिव भगवानको पूजा नै गरेको हो । सरकारले त हामीजस्ता निजी क्षेत्रबाट मन्दिरजस्तो गैरनाफामुखी क्षेत्रमा लगानी गर्नेलाई सम्मान गर्नुपर्ने हो । सरकारले अरु पनि क्षेत्रमा यस्ता काम गर्नेलाई प्रोत्साहन दिनुपर्छ । मैले साँगामा शिवमूर्ति बनाएर राज्यलाई के नोक्सानी पुगेको छ भने हिम्मत गरेर भनिदिनुप¥यो नत्र भने यसरी उपेक्षा गर्नु भएन । अरु देशमा त पर्यटक बढाउने यस्ता गतिविधिलाई प्रोत्साहन गरिन्छ भने राम्रा कुरा ती देशबाट पनि सिक्नुप¥यो ।

आफ्नो जिन्दगीको यति ठूलो कमाइ मूर्ति बनाउने जस्तो क्षेत्रमा लगानी गर्न तपाईंलाई कुन कुराले प्रेरणा दिएको हो ?
मेरो सपना नै थियो कि संसारको सबैभन्दा ठूलो शिवको मूर्ति बनाउने थियो, त्यो पूरा गर्नलाई नै मैले सबैखाले बाधा, अवरोधहरू छिचोलेर मूर्ति स्थापना गरेको हो । मेरो सोचाइ नै व्यापारमा मात्रै सीमित हुने थिएन । कमाउन त मेरो छोराले पनि भोलि कमाउँछ तर मुलुक, समाज र आफैंलाई सन्तुष्ट पार्ने केही काम गर्ने सोचाइले शिवमूर्ति निर्माणमा अग्रसर भएँ । राजनीतिमा लागेको भए प्रधानमन्त्री, राष्ट्रपति भएर राम्रो काम गर्छु भन्न सकिन्थ्यो तर व्यवसायमा लागेपछि आफ्नो जीवनकालमा छाप छोड्न जो कोहीलाई पनि मन लाग्दोरहेछ । व्यापारभन्दा माथि उठेर स्कुल, हस्पिटल खोल्न सकिन्छ तर त्यहाँ पनि सानोतिनो व्यापार त भइहाल्छ । मैले त्योभन्दा पनि माथि उठेर मन्दिर बनाउने निर्णय गरें ।


साँगामै स्थापना गर्नुभएको हिलटेक हेल्थ एन्ड होमको अवस्था अहिले कस्तो छ ?
हिलटेक ब्रान्डमा धेरै खाले व्यवसाय छन् । साँगामै रहेको हिलटेक हेल्थ एन्ड होमको मुख्य उद्देश्य नेचुरोपेथिक ट्रिटमेन्ट नै हो । यो सञ्चालन भएको पनि दुई वर्ष पुगिसक्यो, जसमा नेचरोपेथीका सबैखाले उपचार सेवा छन् । नेपालमा अन्यत्र नभएका र भारतमा पनि केही ठाउँमा मात्र भएका कोलमथेरापीजस्ता सुविधा छन् । तर, हामीले यसको पर्याप्त प्रचार–प्रसार गर्न सकेका छैनौं । अहिलेसम्म हिलटेक हेल्थ एन्ड होमको सञ्चालन खर्च पनि उठेको छैन । अहिलेसम्म हामी पूर्वाधार निर्माण गरिरहेका छौं । तर एक वर्षको अवधिमा धेरै पर्यटक उपचारका लागि त्यहाँ पुग्नुभएको छ । मलाई विश्वास छ कि आउँदा दिनमा यसले हिलटेक समूहलाई थप उचाइमा पु¥याउनेछ ।

हिलटेक ब्रान्डका अन्य उत्पादनको बजार कस्तो छ ?
मलाई चिनाउने उत्पादन हिलटेक पानी ट्यांकी हो । प्लास्टिक ट्यांकीका अतिरिक्त ग्यास गिजर, एयर कन्डिस्नर, वाटर पम्प, पीपीआर र सीपीभीसी पाइप नेपाली बजारमा अत्यन्तै लोकप्रिय छन् । हामी सधैं गुणस्तरमा विश्वास गर्ने र त्यहीअनुसार उत्पादन गर्ने भएकाले हामीलाई बजारको पनि कुनै समस्या छैन । निर्माण कार्य अलि अवरुद्ध भएकाले मागमा केही कमी आए पनि हाम्रो ब्रान्डका कारण खासै समस्या छैन । नयाँ आएका उद्योगलाई भने टिक्न गाह्रो छ ।


Tuesday, March 20, 2012

The 108-feet Lord Shiva statue News video (2010)


This is a news video clip regarding the Kailashnath Mahadev statue(143 feet) and involves Mr.Kamal Jain's interview taken by Nepal news.The 108-feet Lord Shiva statue constructed at the sponsorship of Kamal Jain, the proprietor of of Hilltake Water Tanks was inaugurated by tourism minister and in presence of a huge saint (shankracharya ji) on June 21 at Sanga of Bhaktapur district, 20 km east of Kathmandu. Hindu 

Leader (SAINT) Shankaracharya from Badri was also present at the inauguration programme. 

Saturday, July 23, 2011

Wednesday, July 06, 2011

Find the Location

Anyone Having Trouble Finding the Great Location !

Hilltake Health & Homes Pvt. Ltd.

Ward No.: 5, Chitapol VDC, Sanga, Bhaktapur Nepal
Tel.: 977 11 661274/661315

Marketing Office :
2nd Floor, Sherpa Mall, Durbarmarg, Kathmandu
Tel.: 977 1 4215788/ 4215771
Fax : 977 1 4215933
Email : info@hilltakehealthhomes.com.np
URL : http://www.hilltakehealthhomes.com.np

Thursday, June 09, 2011

Story of Mr.Kamal Jain

Mr. Kamal Jain

 Mr. Kamal Jain is the man behind the tallest lord shiva statue as he has put almost all his life's major income in making this dream of making a 143 feet high statue true. 
lets know more about him by reading this interview taken by the times of india.

KATHMANDU(Kamal jain) says: "When I first came to Nepal nearly 20 years ago, I immediately felt a special rapport with Pashupatinath," says Kamal Jain, who left the family home and business in Siliguri to make a fresh start in the Himalayan nation. "Living in Kathmandu was like living under his wing. I had always wanted to pay a special tribute to him."

On Monday, when Nepal celebrated Mahashivarati with fervour, the 46-year-old had wanted to unveil his tribute: a colossal 108ft statue of Shiva.

"To my knowledge, it is the biggest Hindu religious icon in the world," says Jain, who chairs Hilltake Industries Pvt Ltd, which manufactures plastic water storage tanks and currently, has an annual turnover of NRS 250-300 million.

The idea came to him seven years ago when he visited Gurgaon in India and viewed the immense Shiva statute in the Birla temple there. "From that day, that thought drove me all day and night," he says. "I too wanted to build a colossal statue of Shiva in Nepal. I thought that would be a life-time achievement."

The work began in the temple town of Bhaktapur four years ago. The main artisans are from India. The statue itself has cost Jain about NRS 25 million while he estimates it would require another NRS 10 million to finish the project. In addition, there is the money spent on acquiring the land and building the temple.

"I had wanted to unveil the statue today on the occasion of Mahashivaratri," says Jain, who forsook the Pashupatinath temple, where nearly 400,000 devotees flocked Monday, to visit the Bhaktapur shrine. "However, you can't dictate time to artistes and the work could not be completed."

He estimates it will take another five to six months for the project to be over. However, his disappointment turned to joy Monday when hundreds of people turned up at his temple to worship the image on Mahashivaratri.

"I am a Jain by religion but then, Jainism rose from Hinduism," Jain says. "While Jainism forbids the worship of images, the restriction is meant for ascetics, not for grihasthas."

According to reports, Jain's Shiva is the highest. this idol also wins the battle of heights since the pedestal of his Shiva is 40 ft above ground.

Saturday, May 07, 2011

new WORLD TALLEST STATUE OF SHIVA from nepal.wmv

Thursday, April 14, 2011

अग्लो शिवजीमा अकल्पनीय भीड

tallest-shivas222.jpgभक्तपुर, वैशाख १ - नयाँ वर्ष २०६८ का अवसरमा बिहिवार भक्तपुरको चित्तापोलस्थित शिवजीको १ सय ४८ फिट अग्लो प्रतिमास्थल हेर्नेकेा भीड लागेको छ । नया वर्षको विदा मनाउन आएकाहरुले भीड भएको हो ।
'आजको भीड हामीले कल्पना गरेका थिएनौ' प्रतिमा निर्माणकर्ता कमल जैन भन्छन-'शिव भक्तको पवित्र दिन शिवरात्रीमा भन्दा अकल्पनीय बढी दर्शनार्थीहरु आए ।'
उनका अनुसार कम्तीमा दुईलाख भन्दा बढी दर्शनार्थीले प्रतिमाको दर्शन गरे । भीडका कारणले आवागमनमा असुविधा हुदा गाडीमा परिवार सहित आउने कम्तीमा २० हजार दर्शनार्थीहरु मूल सडकबाटै फर्किएको थिए ।
पर्यटन मन्त्रालयले आर्कषक गतव्यको सूचिमा राखेेको शिवजीको प्रतिमास्थल क्षेत्र घुम्नेहरुको संख्या केही दिन यता एकदमै बढेका दावी मूर्ति निर्माता जैनको छ । जैनका अनुसार त्यसरी घुम्न आउनेहरुमा विदेशीहरुको संख्या पनि उल्लेख्य छ । मन्दिर प्रवेशमा कुनै शुल्क नलाग्ने भएकाले भीड बढेको हो ।
प्रतिमास्थल र पार्क क्षेत्रको आर्कषण बढाउन जैनले केही समय यता झण्डै एक करोड रुपैया भन्दा बढीको ढुङ्गाको आर्कषक प्रतिमाहरु थपेका छन । घुम्न आउने बढ्दो भीडलाई मध्यनजर गरी मन्दिर र पार्क क्षेत्रमा झण्डै पाँच सय मान्छेहरु बस्न मिल्ने फलाम र ढुङ्गाका कुर्सीको व्यवस्था गरिएको छ । एकल लगानी गरेका जैनले शिव प्रतिमा निर्माणका लागी करीव ११ करोड खर्च गरेका छन ।   
मन्दिर क्षेत्र जाने र र्फकनेहरुको चापका कारण भक्तपुर बनेपा सडक खण्डमा दिनभरी नै ट्राफिक जाम भएको थियो । 'मन्दिर उक्लिने क्षेत्रमा चार जना ट्राफिकलाई खटाउदा पनि आवागमन सहज नभएपछि थप जनशक्ति पठाउनु परयो ।' भक्तपुरका ट्राफिक प्रमुख रविन्द्र श्रेष्ठ भन्छन ।
प्रतिमास्थल जाने बाटो उकालो, साँघुरो र कच्ची भएकाले पर्व र बिदाहरुमा आउन जान ठूलो समस्या हुदै आएको छ ।  तितौराको लागी प्रसिद्ध चित्तापोलमा शिवजीको भीमकाय प्रतिमा बनेपछि आन्तरिक पर्यटकको चापले उक्त क्षेत्रमा सोच्दै नसोचेको व्यपार फस्टाएको छ । सार्वजनिक बिदा र पर्वको अवसरमा चित्तपोल क्षेत्रको सबै पसलहरुमा खचाखच भीड देखिन्छ ।

Friday, March 04, 2011

More than 1 lakh people worshiped on shivratri!!! Jai shamboo !!!

It was a wonderful day when more than 1 lakh bhakt of lord shiva came together for the ocassion of kailashntah mahadev bhagwan's birthday which is officially known as "Shivratri". many singers and dancers performed at this site and gave kailashntah mahadev greetings on the other side we also had a bunch of pandits preying with their matra's .